लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिनासुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गरेका छन् । उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफुलाई कुनै मुद्दामाथि सुनुवाइ नगरिएको भन्दै उनले आमरण अनशन सुरु गरेको हनिबालका वकिलले जानकारी दिएका छन् । सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको…