पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली प्रहार, दुई जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एक प्रहरी र एक जना आतङ्ककारीको मृत्यु भएको छ । खैबरमा बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको पाकिस्तानी प्रहरीले जनाएको छ । बताइएअनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो…