बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी)ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’लाई मान्यता दिने जनाएको हो । सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । निर्वाचन आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार बिएनपी नेतृत्वको…