चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सांघाईको मुख्य सडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको…