यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो । मानव जातिको विलुप्त तर मानव जातिनिकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भवतुल्य काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । उनलाई…