रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको उनको जिकिर छ । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा सञ्चारमाध्यमहरूमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला रुसी विदेशमन्त्रीको स्पष्टोक्ति आएको हो । पुटिनलाई क्यान्सर र पार्किन्सन रोग लागेको ती सञ्चारमाध्यमहरूले दाबी गरेका छन्…