चीनको सबैभन्दा ठूलो शहर सांघाइले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड-१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको…