रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । 'हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो-फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,' रुसी रक्षा मन्त्रालयले जनाएको छ । राज्य…