दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनविरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी-इन-अपोजिसन’ (एसपिएलए–आइओ)का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनौँ सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उललेख गरिएको छ । झडपमा प्रतिद्वन्द्वी सैन्य…