गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १,९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । यस भूकम्पमा परी ९,९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको थियो ।…