किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गरेका छन् । कोरियाको राज्यसञ्चालित सञ्चारमाध्यमका अनुसार उनले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गरेका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश…