पहिरोमा परी चीनमा नौजना बेपत्ता

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौजना व्यक्ति बेपत्ता भएका स्थानीय अधिकारीहरूले जनाएका छन् । भारी वर्षापछि स्थानीय समयअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ शहरमा सो पहिरो गएको देश सूचना विभाग जनाएको छ । यस पहिरोमा फसेकाहरूको उद्धारकार्य जारी रहेको बताइएको छ ।