संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनःस्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गरेका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस-ग्रिनफिल्डले प्यालेस्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराएकी थिइन् । उनले जनवरीयतादेखि बाइडेन प्रशासनले…