बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना प्रवल

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति-निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालयमातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका एपीले जनाएको छ । राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिने मिसेल…