मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । त्यहाँका गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो । उनले बिस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिनुभयो । तालिबान समूहले भने…