फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारवाही भएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो । कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।…