इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया जानेछन् । अरब खाडी क्षेत्रमा उत्पन्न संकटबारे छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा रहेका छन् । प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए । साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री…