सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठजनाको मृत्यु भएपछि नेताहरूले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्ममा सैनिक मुख्यालयबाहिर चलाएको गोली लागी मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरूले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता…