मोदीको सरकारमा अमित शाह गृहमन्त्री, राजनाथलाई रक्षा

बिहीबार गठित भारतीय मन्त्रिपरिषदको कार्यविभाजन गरिएको छ । नवगठित मन्त्रिपरिषदमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् भने भाजपा वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । यसैगरी विदेशमन्त्रीमा पूर्वविदेशसचिव एस जयशंकरलाई नियुक्त गरिएको छ । उनी गैरसांसद हुन् । प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषदमा एस जयशंकरलाई नियुक्त गर्नुलाई…