‘अष्ट्रेलियामा विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रको लागि हानिकारक हुने’

अष्ट्रेलियाको सरकारले चालेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने त्यहाँको विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ । बुधबार (५ जुन) एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले…