असान्जको कानुनी सङ्घर्ष टुंगिएकोमा अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गरेका छन् । अमेरिकाको सपुर्दगीविरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृहदेश अष्ट्रेलिया फर्कने क्रममा छन् । अष्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सुचना प्राप्त र…