अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण बिक्रीमा प्रतिबन्ध

अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ । एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले…