अजेय जनता-रामेश्वर राउत मातृदास

जनता नै देवता हुन् पुज्य सुनका थाली जनता नै मालिक हुन् धरतीका माली जनताको आँगन पिँढी दुर्दम्भीलाई होइन जनतालाई जित्न सक्ने ताकत कुनै छैन ।।१।। जनताकै जीवन धन हो मुक्तिधाम खास जनताकै ढुकढुकीमार् इश गर्छन् बास जनताले छाडिगए धरती/आकाश खाली जनताकै विश्वासमा फल्छन् अमृतबाली ।।२।। जनताले पुजे पत्रु, पत्थर हीरा बन्छ जनताकै हृदयमा अविनाशी धन…