समयका सिर्जनाहरू हुन् यी अग्ला शृङ्खलाहरू धरती/आकाश, समुद्र मान्छेहरू, फूल फुलिरहेका छन् ढकमक्क गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू के छैन यहाँ ? मनचिन्ते झोलाझैं जे सोच्यो त्यही भएर जन्मिन्छ समय, समयलाई थिचेर/समयको अपमान गर्ने ए˜ समयलाई ढाँटेर समयलाई नै दिउँसै अन्धकार रात पार्न चाहने विवेकहीन उल्लू मलसाँप्राहरू हो † सत्यको सत्ता/न्यायको शक्ति, र विवेकसम्पन्न कालजयी…