निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात…