विश्वकप प्रतियोगिता २०२६ : नर्वेलाई पछि पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप प्रतियोगिता २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । यो जितसँगै अब अन्तिम चारमा अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेतासँग इंग्ल्यान्डले प्रतिष्पर्धा गर्नेछ । मियामी स्टेडियममा आइतबार (१२ जुलाई) भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछाडि रहेको…