देवघाटमा बन्दै गरेको विद्युतीय शवदाह गृह बाढीको जोखिममा

विगत ६ वर्षदेखि निर्माणाधीन चितवनको देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर…