मिटरब्याजपीडितसँगको वार्ता सकारात्मक रहेको सरकारी दाबी

सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता आज सकारात्मक रुपमा टुङ्गिएको दाबी गरिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् । आइतबार शान्तिवाटिकामा भएको वार्ता आजचाहिँ गृह मन्त्रालयमा भएको थियो । 'आजको वार्तामा उनीहरुका माग सुन्ने काम भयो,…