व्यक्तिहत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ हुने

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध व्यक्तिहत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । १ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत…