प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् । संयुक्त राष्ट्र संघ (यूएन)अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकनका लागि उनी सिरिया पुगेका हुन् । प्रधानसेनापति शर्माले बुधबारबाट यूएनको ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ सिरियाको अवलोकन थालेका हुन् । उनले बिहीबार उक्त मिसनअन्तर्गतको सुरक्षा पोस्टहरूको भ्रमण गरे । भ्रमणको क्रममा टोलीले माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटर ईन्फेन्ट्री सपोर्ट…