वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए)को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतः एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य…