अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि)हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा भएपछि ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपि यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए । ट्रम्पले चुनावको नतिजालाई…