विप्लवलाई सत्तारुढ नेकपामा ‘समाहित’ हुन पूर्वमन्त्री बाँस्कोटाको सुझाव !

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दाबी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको जिकिर गरे । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका ६ दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका बताइएको छ । ‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता…