प्रचण्डको प्रत्युत्पादक वक्तव्य

सरकारको पछिल्लो दाबीअनुसार नेपालको प्रतिष्ठा संसारभर नै बढेको छ । खासगरी अमेरिकाको पछिल्लो भ्रमणपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका, चीन, भारत, युरोपलगायत संसारभरि देशको प्रतिष्ठा वृद्धि भएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपछि सरकार एवम् सत्तारुढ नेकपासम्बद्ध अधिकांश नेताका बोली पनि परराष्ट्रमन्त्रीकै अभिव्यक्तिसँग मिल्दोजुल्दो सुनिन थालिएका छन् । यसरी सरकारले विश्वमञ्चमा मुलुकको प्रतिष्ठा बढेको…