पैँतीस हजार कर्मचारी निराश

स्वास्थ्य मन्त्रालयमा सरकारले चरम बेथिति कायम गरेको महसुस हुन थालेको छ । स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्य सेवाको कर्मचारीबाटै मन्त्रालयको सचिव बनाउनुपर्ने हुन्छ । तर ऐनको उपेक्षा गर्दै निजामती सेवाको कर्मचारीलाई सचिव बनाएपश्चात् चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी रुष्ट बनेका छन् । स्वास्थ्यसचिवका रूपमा केदारबहादुर अधिकारी मन्त्रालयमा बहाली गरेपश्चात् महेन्द्र श्रेष्ठ, लीलाराज पौडेललगायत कर्मचारीको चुरिफुरी बढेको छ…