आहारा र वासस्थानको अभाव भएपछि निकुञ्जका गैँडा बस्तीमा

चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको संख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ ।…