नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई आज (शुक्रबार) बिहान हृदयाघात भएको छ । उनलाई घरमै रहेका बेला करिब ९ बजेतिर हृदयाघात भएको बताइएको छ । अहिले उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रको सघन उपचार कक्ष (सीसीयू)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनको मुटुको एउटा भल्भ…