नियम मिचेर भारतीय प्रहरी नेपाल प्रवेश, पक्राउपछि रिहा

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् । भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । शुक्रबार दिउँसो ४ बजे…