मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान मान्नुभएको छैन भन्दै उहाँले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिनुभयो । “कर्मचारीलाई करकापमा पठाइँदैन । उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “कर्मचारीको…