प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आज (२७ असार) ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, 'हामीले उद्यमशीलताको विकासबाट समृद्धि…