यस्तो छ चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण कार्यक्रम

पाकिस्तानको यात्रा सम्पन्न गर्दै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार अपरान्ह नेपालको औपचारिक भ्रमणमा नेपाल आइपुग्दै हुनुहुन्छ । नेपाल सरकारको निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नुभएका उपप्रधानमन्त्री याङको नेपाल भ्रमण चार दिवसीय रहने छ । निकै अघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराद्वारा गरिएको निमन्त्रणामा काठमाडौं आउन लाग्नुभएको भनिए पनि भारत र चीनबीच दोक्लाम क्षेत्रमा बढिरहेको तनावका बीच…