बागमती प्रदेशसभा सर्वदलीय बैठक : सदन सञ्चालन गर्न सर्वदलीय सहमति

बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् । सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार (२२ माघ) दिउँसो बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुङ्गो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयकहरू पेस गर्न दिने सहमति…