माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतमको अभियान एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ । दुवै तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको छ । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको…