सभामुखको निर्वाचन आज, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने भिड्दै

प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका…