एमसीसीका आलोचक सबै नेता संसद् प्रवेशमा बञ्चित

विगतमा ‘एमसीसी’ परियोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सबै नेताहरू यसपटक प्रतिनिधिसभा सदस्य बन्नबाट बञ्चित भएका छन् । एमसीसीको प्रवक्ताको भूमिका निर्वाह गर्ने विश्व पौडेल (चितवन १) र रवीन्द्र मिश्र (काठमाडौं १) बाहेक सबै जना प्रतिनिधिसभामा पुगेका छन् । तर एमसीसी परियोजनाप्रति शङ्का र अविश्वास राख्ने सबै नेताहरू सांसद बन्नबाट रोकिएका छन् । सत्तापक्षबीच गठबन्धन भएर पनि…