राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मर्यादाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपछि उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान…