भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको छ । भारतका गृहमन्त्री अमित शाहले नक्सल भनेर चिनिने विद्रोहीहरूबाट भारत ’स्वतन्त्र’ बनेको सोमबार (३० मार्च) संसदमा घोषणा गरेका छन् । 'म खुल्लमखुल्ला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन, सम्पूर्ण अभियान सकिएपछि म…