मलामीले चिर्पट प्रहार गर्दा घाटका कामदारको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सोमबार (३ वैशाख) दिउँसो ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका ३७…