शुभ रहोस् नयाँ वर्ष !

बितेको वर्षभरिमा कति गल्ती गरियो ? त्याज्य काम/कुरा कति अपनाइयो ? खराब कुरा त्यागेर असल सोच-आचरण अवलम्बन गर्ने प्रयत्न गरियो-गरिएन ? नराम्रा बानी/ब्यहोरा हटाउने सोच कहिल्यै आयो-आएन ? यो मनन गर्दै नयाँवर्षको बिहानीसँगै आफूलाई निर्माण गर्ने अठोट गर्नु अपरिहार्य छ यदि नयाँ वर्षलाई सुखद् तुल्याउने हो भने । पुरानो साल ओझेलिएर नयाँ साल वि.सं. २०८१…