सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा हट्यो

गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो । पीडित पक्षले कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि राति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी…