पीडित पक्षसँग आठबुँदे सहमतिपछि खुल्यो सडक

कपिलवस्तु प्रतिनिधि कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा हिजो आइतबार भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानीयले बन्द गरेको सडक खुलेको छ । तौलिहवाबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको आइसर ट्रकले विपरित दिशाबाट आउँदै गरेको लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट बाणगंगा ११ का अनिल मगरको घटनास्थलमै…